दफा २२
मूल ऐनमा दफा ३४क थपः
मूल ऐनको दफा ३४ पछि देहायको दफा ३४क थपिएको छः–“३४क.साधारण शेयरमा परिणत हुने डिवेञ्चर जारी गर्न सक्नेः (१) दफा ३४ मा जुनसुकैकुरा लेखिएको भए तापनि विद्युत उत्पादन वा प्रसारण, सुरुङ्ग मार्ग, दु्रतमार्ग, केबुल कार जस्ता पूर्वाधार संरचना वा सेवा संचालन गर्ने पब्लिक कम्पनीले साधारण शेयरमा परिणत हुन सक्ने डिवेञ्चर जारी गर्न सक्नेछ ।(२) उपदफा (१) बमोजिम जारी हुने डिवेञ्चरका शर्त तथा भुक्तानी विधि डिवेञ्चर जारी गर्दाका बखत निर्धारण गरे बमोजिम हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि डिवेञ्चरको अंकित मूल्यले खामेसम्म डिवेञ्चर जारी गर्दाको बखत निर्धारित अवधि वा कम्पनीले व्यापारिक कारोबार प्रारम्भ गरेको पाँच वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्रत्यस्तो डिवेञ्चरलाई साधारण शेयरमा परिणत गर्नु पर्नेछ ।”